हाम्रो हात नेपाल प्रा लि मा शेयर लगानी गर्ने कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाई ठगी गर्ने एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्ला बर्दिया बासगढी नगरपालिका वडा नं ५ झोडिया स्थायी घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका वडानं १ अम्रेनी बस्ने ५० बर्षय महेश गिरी नामले चिनिने मेघनाद गिरीलाई विहिबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । गिरी २०७८ साल पुस महिनामा जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं १० अधेरीभञ्ज्याङका महिलाहरुबाट जम्मा रु सात लाख पचास हजार रुपैया ठगी गरि फरार रहेका थिए । निज उपर ठगी सम्बन्धी मुद्दा शिर्षकमा शुक्रबार तनहुँ जिल्ला अदालतबाट दिन सातको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस बिषयलाई तनहुँ तरङ्ग मिडियाले निरन्तर फालाेअपका साथै समचार र भिडियो सर्वजानिक गरेकाे थियोे ।