तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित साखरमा सोमबार साँझ दुई माइक्रो बस एक आपसमा ठोकिदाँ बाह्र जना यात्रु घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको मुग्लिन–आँबुखैरेनी सडकखण्डमा भएको माइक्रोबस दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ब्यास नगरपालिका–४ बस्ने बर्ष २५ का गणेश राईको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउदै गरेको बा २ ख ४०२० नं। को माईक्रोबस र विपरीत दिशाबाट मुग्लिङतर्फ जादै गरेको बा ४ ख ५१७९ नंम्बरको माईक्रोबस साँझ एकापसमा ठोक्किदाँ उक्त दुर्घटना भएको हो ।
घाईतेहरु मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भैरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको छ । जिल्ला धादिङ निलकण्ठ नगरपालिका–१ बस्ने बर्ष २४ को राजु गिरी,जिल्ला गोर्खा पालुङटार नगरपालिका–६ बस्ने बर्ष ३६ को राम प्रसाद गुरुङ,जिल्ला तनहुँ ब्यास नगरपालिका– ११ बस्ने बर्ष ४० को डिल्लीराम भुजेल,जिल्ला कास्की पोखरा महानगरपालिका–१४ बस्ने बर्ष ३८ की लेकासी गुरुङको आँबुखैरेनीमा उपचार भैरहेको छ ।
जिल्ला कास्की पोखरा महानगरपालिका–२१ बस्ने बर्ष ४१ को बिजय पौडेल,जिल्ला कास्की पोखरा महानगरपालिका–२१ बस्ने बर्ष ४५ को प्रेम ठकुरी, जिल्ला कास्की पोखरा महानगरपालिका–१४ बस्ने बर्ष ४४ को मनोज तामाङ घाइते भएका छन् ।
त्यसैगरी जिल्ला कास्की पोखरा महानगरपालिका–१४ बस्ने बर्ष ३६ की सबिता श्रेष्ठ तामाङ,जिल्ला कास्की पोखरा महानगरपालिका–२१ की १९ बर्षीय रोशन ठकुरी,जिल्ला रौतहट बृन्दाबन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र जिल्ला दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ बर्षीय आइजन गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।