दमौली केशवटार सम्पर्क समाजको सकृयतामा व्यास–१४ नयाँगाउँ टोल बस्ने बर्ष ३० को टकबहादुर बाचे थापालाई आर्थिक सहयोग गरिएको छ । विगत १ वर्ष देखी मष्तिष्क रोगले ग्रसित थापाको थप उपचारमा सहयोग हुने उद्देश्यले रकम संकलन गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको थापाको विभिन्न व्यक्तिबाट आर्थिक संकलन गरि शनिबार रु ६२हनार ५सय ८५ रुपयाँ दमौली केशवटार समाजको अध्यक्ष बिन्दु आले नेतृत्वमा हस्तान्तरण गारिएको गोकुल थापाले जनाकारी दिनुभयो ।
