साउने संक्रान्तिको अवसरमा रोट¥याक्ट क्लब अफ दमौलीले आइतबार मेहन्दी मेला सम्पन्न गरेको छ । एक आपसमा सद्भाव साटासाट् गर्दै श्रावणको महिनालाई स्वागत गर्न क्लबले मेहन्दी मेला आयोजना गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ दमौली, इनरव्हील क्लब अफ दमौली, रोट¥याक्ट क्लब अफ दमौलीका पदाधिकारी तथा सदस्यहरुको हातमा मेंहेन्दी लगाएर शुभकामना आदनप्रदान गरिएको कार्यक्रम संयोजक रेवती सदाशंकरले जानकारी दिइन् ।

रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष अनुज बिमालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले प्रचलित भाषा, धर्म, संस्कृति हाम्रा बहुमूल्य सम्पत्ति भएकाले संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्नु पर्ने बताइन् । ुचाडपर्वले संस्कृतिको संरक्षण गर्नुका साथसाथै आपसी सद्भाव बढाउने भएकाले पनि यसलाई निरन्तर दिने दायित्व अहिलेका पुस्ताको होु उनले भनिन् । एक महिनासम्म निरन्तर खेतमा काम गरेर व्यस्त रहने किसानहरुले काम सम्पन्न गरि रमाइलो गरेर थकान मेट्ने र दुःखसुख आदानप्रदान गर्ने पर्वको रुपमा साउने संक्रान्तिलाई मनाइदै आएको समेत उनको भनाइ थियो ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीकी प्रेसिडेन्ट नोमिनी बिणा कैनीले साउनलाई पवित्रा धार्मिक महिनाको रुपमा समेत लिइने बताइन् । साथै इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष प्रमिला श्रेष्ठले साउने संक्रान्तिको शुभकामना व्यक्त गर्दै रोटरी रोट¥याक्ट र इनरव्हील बीचको आपसी सहकार्य र सद्भाव यस्तै रहीरहनुपर्ने बताइन् ।

कार्यक्रममा क्लबकी सदस्य सुनिता आचार्यले स्वागत गरेकी थिइन भने सविन लामिछानेले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन क्लबका सचिव उमेश पौडेलले गरेका थिए ।

साउनलाई भगवान शिवको पूजा गर्ने महिनाका रुपमा लिइन्छ । यस महिनामा महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् । शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने चलन पनि रहि आएको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।