आगामी असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारी बन्दीपुर गाउँपालिका वडा नं। २ भुमर्सेमा ‘कृषि प्रवद्र्धन गरौँ, खेतमै जाऔं, खेतमै रमाऔं’ भन्ने नारा सहित धान दिवस भव्य रुपमा मनाइने भएको छ । बन्दीपुर गाउँपालिका संरक्षक रहेको कार्यक्रममा बन्दीपुर पर्यटन विकास समिति, तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार इकाई समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई समिति र रेवान, तनहुँको संयुक्त आयोजनामा धान दिवस मनाउन लागिएको हो । कार्यक्रममा डोरी तान्ने, माछा समात्ने, रोपाईं गर्ने तथा घैंटो फुटाउने कार्यक्रमहरू राखिएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।
