‘घर आँगन थकाली भान्छा घर’ आजबाट प्रराम्भतनहुँको सदरमुकाम दमौलीका युवा व्यवसायी विष्णु पराजुलीले आफ्नो नयाँ व्यवसाय ‘घर आँगन थकाली भान्छा घर’ आजबाट प्रराम्भ गरेका छन् । विगत केहि समय यता विभिन्न पेशा, व्यवसाय तथा राजनितीमा समेत होमिएका युवा व्यवसायी विष्णु पराजुलीको एकल लगानीमा उक्त थकाली भान्छा घर सचांलनमा आएको हो । उक्त घर बासवाट निर्मित सामानहरु मोहला मुकुरो, ढडिया, डोको , डालो , नाम्लो, क्षत्री , ढोक्सा, फुरलुङगो , स्याखु , फर्सी , कुभिण्डो, ठेकी , मदानी , हलो , जुवा , सारङगी मदानी , मादल, खैजडी , मुरली , लगाएतका सामानबाट सजिएको छ भने स्थानिय स्तरमा पाइने कोदो, मकै , गहुँ ,फापर , मासको दाल, जिम्वु , मेथि , गुन्द्रुरक भट्टा मस्याम बेसार टिम्मुर तिल लगाएतका कृषि सामाग्रीको प्रयोग गरी ग्राहक वर्गमा सुविधा दिने पराजुलीले बताए । दमौलीमा एउटा सफा स्वच्छ र गुणस्तरीय खाना तथा खाजाको आवश्यक महसुस गरी उक्त थकाली भान्छा घर सचांलनमा ल्याएको उनले बताए । स्थानीय स्तरमा पाइने कृषि सामाग्रीहरुबाट परिकारका रुपमा ग्राहकहरुलाई सन्तृष्ट बनाउनका लागि अनतवरत रुपमा खटिने संचालक विष्णु पराजुलीले बताए । विशेष गरी पारिवारिक जमघट गरी स्तरीय खाना तथा खाजा खाने गन्तव्यको रुपमा बिकास गरिएको र मौलिकताले सजिएका उक्त थकाली भान्छा घरको खाना अझ स्वस्थ्य र गुणस्तरमा विशेष जोड गरिएको छ । बिहान र बेलुकी खानाको व्यवस्थित रुपमा ग्राहक वर्गाहरुलाई सेवा दिने , दिवा खाजाका रुपमा स्वस्थ्य र सफा गुणस्तरीय खाना ,खाजा वितरण गरिने उनले बताए र्। म सकेको राम्रो सफा स्वच्छ र गुणस्तरयुक्त खाना खाजाको व्यवस्था गर्न निरन्तर लाग्ने छु उनले भने । विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका पराजुलीले यो भान्छा घरलाई समेत एक सफलताको गन्तव्यमा पुर्‍याउने दावी गरेका छन् । पराजुली व्यवसाय, समाजसेवा र राजनितिकमा सक्रिय रहेका छन् ।