‘सडक मै खाऔ सडक मै रमाऔ,आन्तरिक तथा बाह्य पर्यटक प्रबद्वन गरौँ नारा सहित नयाँ वर्षको अबसरमा बन्दिपुरमा १० औँ सांस्कृतिक ,मौलिक तथा सडक महोत्सवको तयारी तिव्र भएको छ । तनहुँ उद्योग वाण्ज्यि संघ , बन्दिपुर इकाई समिति, क्षेत्रीय होटल संघ , बन्दिपुर बजार इकाई,बन्दीपुर पर्यटन बिकास समिति,रेवान तनहुँ बन्दिपुरको सयुक्त आयोजकमा कार्यक्रम हुन लागेको हो । लाखे नाच , डोको नाच , बाघ जात्रा पुतली च्वे , खाच्चा द्यौ , चुडका नाच , बालम नाच , सोरठी नाच , लामा नाच र भजन जस्ता कार्यक्रमहरु हुने बन्दीपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधानले जनाकारी दिए ।

प्रधानले भने महोत्सवका लागि सडक खाना बन्दिपुरमा उत्पादित अर्गानिक खानेकुराहरुको स्टल राख्नेका ८० प्रतिशत भईसकेको छ । उक्त कार्यक्रमको लागि अनुमानित खर्च रकम रु बाह्र लाख पचाँस हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने ५० हजार पर्यटक भित्राउने लक्ष्य लिएको छ ।कार्यक्रमको मुख्य उद्देश्य बन्दिपुरमा पर्यटन व्यवसायीहरुको आर्थिक उन्नतीमा बृद्धि गर्नु को साथै संस्कृति , परम्परा र मौलिकता साथै लोब हुना लागेका कला संस्कृतिको जर्गेना गर्ने साथै आन्तरीक तथा बाहय पर्यटकहरु लाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भन्दा बढि भित्रयाउने रहेको बन्दिपुर गाँउपलिकाका संरक्षण सुनिल पाण्डेले जनाकारी दिए । कार्यक्रम ३० गते देखि २ गते सम्म हुने आयोजकले जनाएको छ । त्यसका साथै ३० गते होटलमा पहिलो हुने पर्यटकलाई रु १ रुपाँयमा कोठा पाउने आयोजकले जनाएको छ । बन्दिपुरमा अहिले ७० वटा होटेलहरु संचालनमा रहेका छन् ।