तनहुँका तरङ्ग सम्वाददाता

नेपाली माैलिक कला संकृतिकाे जगेर्ना गर्ने उद्धेश्यले मौलिक लोक झ्याउरे गीत सार्बजनिक गरीएकाे छ । तनहुँ जिल्ला म्याग्दे गाउपालिका वडा नं ७ रानिश्वॉरा घर भई राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित गायक, शब्द एबं संगीतकार दिवान किनार र उक्त गाउँकै अर्का मिठो आवाजका धनि नवगायक चन्द्र बि. सी. ले “पानी धाराको” नामक बाेलकाे लोक झ्याउरे गीत बजारमा ल्याएका हुन ।

“झिमझिम सानु” बाेलकाे चर्चित लोकगित, माया एउटा सँग , तिमी कस्को हुने होला जस्ता थुप्रै जीवन्त, अमर ऐतिहासिक र कालजयी गीतका स्रष्टा “दिवान किनार” ले स्रष्टाहरुलाई सम्मान गर्दै उक्त गित सार्बजजिक गरेका हुन । तनहुँ जिल्ला दमौलीको एउटा परम्परागत घरमा उक्त गितकाे दृश्यांकन गरिएको छ । गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार, चन्द्र बीसी र दिवान किनारको आवाज रहेकाे छ। गण्डक क्षेत्रमा अत्याधिक रुचाईएकाे पुरानाे माैलिक लाेकभाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले नयाँ सैलीमा दिवान किनार र चन्द्र बिसी ले पुनसङ्कलन र सृजना गरेका हुन ।

अहिलेका चर्चित टिकटक स्टारहरु सिरु थापा मगर , मनिसा मगर, पुष्पा मगर (काउली बुडी), रेशम परियार,विकास थापा, सृजना आले मगर, सबिता गर्जा मगर, देव आले, अभिषेक गुरुङ, सुकमान गुरुङ, नारन सिंजाली मगर, सबिता थापा मगर, कञ्चन गुरुङ, माया मगर्नी, अञ्जली थापा मगर जमुना थापा मगर, चन्द्र बि.सी. र दिवान किनार लगाएतकाे अभिनय रेहेकाे छ ।

दिवान किनारको निर्देशनमा सम्पन्न गीत मौलिक शब्द समायोजन गरि तयार पारिएको र गाउँले परिवेश झल्किने गरि भिडियो निर्माण गरिएको हुदाँ दर्शकको मन जितिरहेको र राम्रो प्रतिकृया समेत पाइरहेको छ । उक्त गीतलाई दिवान किनार अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।