फागुन १८ गतेबाट २९ सम्म सुरु भएको तनहुँको खैरेनीटारमा शुक्लागण्डकी महोत्सव सोमबार सकिएकोे छ । महोत्सवको नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले समापन गर्नुभएको थियो । उहाँले समाजिक ,साँस्कृतिक क्षेत्रमा विकासमा मेला महोत्सवले टेवा पुग्ने बताउनुभएको थियो । महोत्सवमा २ सय भन्दा बढी स्टल रखिएको थियो । २ लाख दर्शकले महोत्सव अवलोलन गरेका थिए भने साढे तिन करोड रुपाँया आर्थिक कारोबार हुने लक्ष्य आयोजकले राखेको थियो । महोत्सवमा राष्ट्रिय स्थानिय कलाकारको प्रस्तुती र ब्याडमिन्टन प्रतियोगिता र भलिबल प्रतियोगिता भएको थियो । सोमबार महोत्सवमा नेपाल उधोग बाणिज्य संघ गण्डकी प्रदेशका सदस्य लक्ष्मी त्रिपाठी , तनहुँ उधोग बाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ , लेखनाथ उधोग बाणिज्य संघका अध्यक्ष छ्त्रधर आत्रेयको उपस्थित रहेको थियो ।