शुक्लागण्डकी महोत्सव २०७९ फागुन १८ गतेबाट सुरु भएकोे छ । फागुन २७ गते शनिवार महोत्सवको दसौं दिन लोक तथा दोहोरी गायक गायिका प्रमोद खरेल,प्रीति आले, घन श्याम रिजाल, सुमन के सी, मधु थापा मगर लगायत कलाकारको प्रस्तुती रहेको थियो । खरेल र प्रीति आलेले दर्शकलाई नचाएका थिए । महोत्सवको एघारौं दिन आइतबार लोक तथा दोहोरी गायक गायिका कला लम्साल, जीवन सिग्देल, शंकर पन्त, रामजी पौडेल, लाली थापा लगायत कलाकार हरुको र चर्चित र्यापर महेश डोङ्ग र अस्तित्व ब्याण्डको कन्सर्ट लगायत विभिन्न प्रतियोगीता रहने महोत्सव प्रवक्ता सुजित हिराचनले जनाकारी दिनुभएको छ । बिहान ७ः०० बजे देखि लेवलको ब्याडमिन्टन प्रतियोगिता र भलिबल प्रतियोगिता रहेको थियो । आगामी फागुन २९ गतेसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब ३ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले बताएका छन्। महोत्सव अवलोकन गर्न साधरणतर्फ रु १००, विद्यार्थीलाइ रु ५० र कन्सर्टका लागि रु ३०० रुपैयाँ शुल्क राखिएको छ । महोत्सवमा २१० वटा विभिन्न प्रकारका व्यवसायिक स्टल रहेको आयोजकले जनाएको छ । मंगलबार साझ ६ः०० बजे देखि कोरस ब्याण्ड नेपाल को कन्सर्ट समेत रहने आयोजकले जनाएको छ ।