शुक्लागण्डकी महोत्सव २०७९ सातौं दिन चर्चित लोक गायक पशुपती शर्माले दर्शकलाई छम्छमी नचाएका छन् । पशुपती शर्मालाई महोत्सवमा आफुसँगै नाच्न पाउदा खुसी भएको दर्शकले बताएका हुन् । बुधबार जीवन शर्मा, ज्योती लोहनी, नबिना सुबेदी, डिप्लव खाति लगायत कलाकारहरु दर्शकसँग झुमेका थिए । फागुन १८ गतेबाट सुरु भएको महोत्सव फागुन २९ गते सम्म हुने आयोजकले बताउनुभएको छ । महोत्सवको आठौं दिन विहिबार चर्चित मोर्डन,लोक तथा दोहोरी गायिका रचना रिमाल, खेम सेन्चुरी, पारु गुरुङ्ग, सन्तोष सुबेदी, सुमन थापा, हास्य कलाकार सुमन कोइराला ( दले दाई ), लगायत कलाकारहरुको प्रस्तुती रहने कलाकार संयोजक सुजन श्रेष्ठले जनाकारी दिनुभएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब ३ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ ।