फागुन १८ गतेबाट शुक्लागण्डकी महोत्सव सुरु भएको छ । महोत्सवको ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रबद्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव सुरु भएको हो । मंगलबार महोत्सवको छैठौं दिन चर्चित लोक तथा दोहोरी गायक बद्री पगेनी ,गगन गुरुङ्ग, गायिका मन्जु वि क , पूर्णकला बि सी , हास्य कलाकार मनिष घिमिरे लगायतका कलाकारहरुको बेजोड प्रस्तुति ,साथै सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले बताएका छन् । आगामी फागुन २९ गतेसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब ३ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले बताएका छन्। महोत्सव अवलोकन गर्न साधरणतर्फ रु १००, विद्यार्थीलाइ रु ५० र कन्सर्टका लागि रु ३०० रुपैयाँ शुल्क राखिएको छ । महोत्सवमा २१० वटा विभिन्न प्रकारका व्यवसायिक स्टल रहेको आयोजकले जनाएको छ । मंगलबार साझ ६ः०० बजे देखि कोरस ब्याण्ड नेपाल को कन्सर्ट समेत रहने आयोजकले जनाएको छ ।