शुक्लागण्डकी महोत्सव तेस्रो दिन रामजी खांडले दर्शकलाई छम्छमी नचाएका छन् । फागुन १८ गतेबाट सुरु भएको महोत्सवको ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव सुरु भएको हो । तेस्रो दिन लोक तथा दोहोरी गायक गायिका रामजी खांड, राजन कार्की, सन्जिब सिंह राना, सुनिता नेपाली र कमला गैर्हे लगायत कलाकारहरुको दमदार प्रस्तुतिका साथै नव प्रतिभा हरुको नृत्य र गायन प्रतियोगिताका भएको थियो । आगामी फागुन २९ गतेसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब ३ करोड बराबरको आर्थि कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ । महोत्सव अवलोकन गर्न साधरणतर्फ रु १००, विद्यार्थीलाइ रु ५० र कन्सर्टका लागि रु ३०० रुपैयाँ शुल्क राखिएको छ । महोत्सवमा विभिन्न प्रकारका २१० वटा व्यवसायिक स्टल रहेको आयोजकले जनाएको छ । महोत्सवको चौथो दिन आइतबार लोक तथा दोहोरी गायक सुभद्र श्रेष्ठ, बसन्त विश्रकर्मा , सरस्वती लामिछाने लगाएतकलाकारको प्रस्तुती रहेछ भने साझा ६ः३० बजे कोरस व्याडको प्रस्तुती रहने आयोजकले जनाएको छ ।