जनसेवा सहकारी संस्था लिमिटेड द्वारा म्याग्दे स्तरीय चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। म्याग्दे गाँउपालिका-४ स्थित थर्पु बजारमा अागामी फाल्गुन १३ गते उक्तकृषि मेला तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । अाईतबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मुल समितिका संयोजक एब्म् सहकारीका अध्यक्ष दुर्गाबहादुर अधिकारीले उक्त कुराको जानकारी गराएका हुन्। कार्यक्रममा म्याग्दे गाँउपालिकाका ७ वटै वडाका कृषकहरुले स्थानीय स्थरमा उत्पादित कृषि र कृषि जन्य बस्तुहरुको प्रदर्शनी गर्ने तथा पालिका स्थरिय कौरा नृत्य ,भेष भुषा,कृषि उत्पादनको विक्री वितरण गरिने सहकारीका सचिब जितराज रानाले बताए । कृषि प्रदशनीमा सहभागीहुने कृषकहरुलाई निशुल्क स्टल तथा सामान ढुवानीकालागि यातायातको समेत ब्यवस्थापन गरिएको सहकारीका संस्थापक अध्यक्ष तिर्थनारायण मल्लले जानकारी दिए। कुल ६ सय २० जना सेयर सदस्य अाबद्द रहेको उक्त सहकारीले चौथो पटक अायोजना गर्न लागेको कृषि प्रदर्शनी मेलामा १ सय५० भन्दा बडी स्टल रहने र पुरस्कृत हुने कृषकहरुलाई कृषि औंजार प्रदान गरिने संस्थाका संस्थापक सदस्य निलबहादुर थापाले जानकारी दिए। ब्यबसायीक रुपमा कृषि तथा पशुपंक्षिपालक किसानलाई यश पेशा प्रति अाकर्षित गराउने तथा हराउदै गएको हार्ट बजारको प्रबर्द्धन गराउने उदेश्यले उक्त प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको बताईएको छ।