तनहुँ सुनचाँदी व्यवसायी संघको छैटौ बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार दमौलीमा भएको साधारण सभामा निवर्तमान अध्यक्ष मोहन कुमार सुनारले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै सुनारले विसं ०७३ महासंघको संशोधन विधान अनुरुप केही जिल्लालाई कारबाही गर्ने तयारी भैरहेको बताएका थिए । उनले सबै व्यवसायीलाई सम्मान रुपमा समाटेनु पर्ने कुरामा जोड दिएका थिए । नेपाल सुनचाँदी महासंघका सचिव केश बहादुर सुनारले व्यवसायीको हक अधिकारको लागि महासंघ लड्दै आएको बताए । उक्त कार्यक्रम तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक विकासले व्यवसायीको हकहितमा लाग्नुपर्नेमा जोड दिएका थिए ।