आगामी पुस २२ देखि माघ ३ गते सम्म हुन गइरहेको पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको काम तिव्र रुपले भइरहेको छ । महोत्सवको ९० प्रतिशत स्टल बुकिङको काम भईसकेको स्टल संयोजक कविराज श्रेष्ठले जनाकारी दिए । भोलीबाट साँस्कृतिक झल्किने घरहरु सुरु गर्नेे श्रेष्ठले बताए । तनहुँको साँस्कृतिक ,पर्यटन र स्थानिय कृषि उत्पादन र व्यापारको प्रवद्वन गर्ने उद्देश्यले महोत्सव गर्ने लागेको अध्यक्ष सुजित हिराचनले बताए । अमुल्य भाषा, संस्कृतिको संरक्षण गरौ संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौ भन्ने महोत्सवको मुल नारा रहेको छ । महोत्सवमा विभिन्न दुई सय तिस स्टलहरु रहने छन् । विज्ञान तथा कृषि प्रर्दशनी,झाँकी सहित प्रभावफेरी,स्थानिय तथा राष्ट्रिय कलाकारको साथमा मनोरन्जनात्मक तथा साहित्यक सम्मेलन, वाजा गाजा, मौलिक सास्कृतिक कार्यक्रम, विभिन्न नाच, अन्य धरै प्ररर्दशनी रहने आयोजनकले बताएको छ ।