तनहुँको दमौलीमा नयाँ बर्ष २०८२ को अवसरमा साँगीतिक साँझ हुने भएको छ । होटल व्यवसायी संघ तनहुँको आयोजनामा दमौलीमा नयाँ बर्ष २०८२ को अवसरमा साँगीतिक साँझ हुन लागेको हो ।संघले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका बर्षदेखि नै नयाँ बर्षलाई लक्षित गरी यस्ता कार्यक्रम गर्दै आएको बताएको छ। सो साँगीतिक साँझमा बुद्ध लामा, विवेक लामा,मन्जु सेन्ताङ छन भने डिजेमा मिनी दुराको प्रस्तुती रहने संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले जानकारी दिनुभयो । युवायुवतीहरुलाई रमाउन र मनोरञ्जन प्रदान गर्नका लागि जिल्लामा कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा लागत इष्टिमेट खर्च रु ६ लाख लाग्ने अनुमान गरिएको संघका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार स्टलभित्र हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सिसाजन्य र हेलमेट लैजान निषेध गरिएको छ । सो कार्यक्रमको टिकट शुल्क रु दुई सय ५० रहेको छ । कार्यक्रमको मुख्य प्रायोजकमा गोरखा बु्रअरी कम्पनी रहेको छ भने सहयोगीमा नेपाल पर्यटन बोर्ड पोखरा र व्यास नगरपालिका कार्यालय रहेका छन् ।
