तनहुँकाे भानु नगरपालिका–१ पुलचोकमा फागुन २१गते बाट सुरू भएकाे चौथो डुम्रे महोत्सव आज सम्पन्न हुदैछ ।
महाेत्सवकाे अन्तिम दिन राष्ट्रिय गायक राम्जी खाण र स्थानीय कलाकारकाे प्रस्तुति रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित सुरू भएकाे महाेत्सव प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले समापन गर्ने महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले जनकारी दिनुभयाे ।महाेत्सव १२दिन सम्म संन्चालन भएकाे थियाे ।