चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सवमा सुनामी खेलको अनुभव लिन सकिने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन २१ गतेदेखि चैत ३ गतेसम्म हुने महोत्सवमा विभिन्न रमाईलो खेल हुने भएको छ । महोत्सव नजिकिदा तयारी पनि तिव्र रुपले अगाडी बढेको ईकाइका सभापति एंवम महोत्सवका मुल समारोह समिति संयोजक हेमलाल भि के ले जनाकारी दिनुभयो।
https://www.facebook.com/share/v/151QNDmZnh
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू पाइने महोत्सवका निर्देशक घनश्याम श्रेष्ठले जनाकारी दिनुभयो ।
https://www.facebook.com/watch/?v=1588845375105146&rdid=Uav6wDnQByyvFvKm
महोत्सवमा विभिन्न प्रतियोगिता हुने भएको छ । खुल्ला लोक दोहोरी प्रतियोगिता ,खुल्ला अन्तर विद्यालय नृत्य प्रतियोगिताका साथै उत्कृष्ट झाँकी प्रर्दशनलाई पुरस्कार रहेको डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो । उहाँका अनुसार लोक दोहोरी प्रतियोगिताको प्रथम ,द्वितीय र तृतीयलाई क्रमश २५ हजार,१५ हजार र ७ हजार रुपयाँ पुरस्कार रहेको छ । त्यस्तै अन्तर विद्यालय नृत्य प्रतियोगिता र उत्कृष्ट झाँकी प्रर्दशनीकाे प्रथम,द्वितीय र तृतीयलाई क्रमश १५ हजार , १० हजार र ५ हजार रुपयाँ पुरस्कार रहेको श्रेष्ठले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखिएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले जानकारी दिनुभयो ।
https://www.facebook.com/share/v/15rFfM18Bf
महोत्सवको लागि स्टल निर्माण काम ८५ प्रतिशत पूरा भएको महोत्सवका स्टल संयोजक राम जोशीेले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा उन्नत जातका बाख्रा पालन कृषिकहरु लागि बन्दिपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा नि शुल्क प्रशिक्षण दिनेछ । साथै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिने जोशीले बताउनुभयो ।

