तनहुँको डुम्रेमा चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित अगामी फागुन १२ गतेदेखि २५ गतेसम्म महोत्सव हुन लागेको हो। तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा सो महोत्सव हुन लागेको हो । महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य लिएको संघका अध्यक्ष अध्यक्ष हेमलाल भिकेले जनाकारी दिनुभयो ।उहँका अनुसार महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने छ । महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको र अहिले स्टल बुकिङ खुल्ला रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ। महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ। महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार, सुरक्षा, र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको छ।व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ।