आगामी पुस २२ देखि माघ ३ गते सम्म पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । शनिवार पत्रकार सम्मलेनमा बोल्दै नेपाल आदिवासी जनजाति महांसंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सुजित हिराचनले महोत्सवबारे जनाकारी दिएका थिए । हिराचनले तनहुँको साँस्कृतिक ,पर्यटन र स्थानिय कृषि उत्पादन र व्यापारको प्रवद्व गर्ने उद्देश्यले महोत्सव गर्ने लागेको बताए । तिन करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले अपेक्षी गरेको छ भने ३ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताएको छ । । अमुल्य भाषा, संस्कृतिको संरक्षण गरौ ! भाषा, संस्कृतिको जगेर्ना गर्दे पर्यटनको विकास गरौ भन्ने महोत्सवको मुल नारा रहेको छ । महोत्सवमा विभिन्न दुई सय तिस स्टलहरु रहने छन् । विज्ञान तथा कृषि प्रर्दशनी,झाँकी सहित प्रभावफेरी,स्थानिय तथा राष्ट्रिय कलाकारको साथमा मनोरन्जनात्मक तथा साहित्यक सम्मेलन, वाजा गाजा, मौलिक सास्कृतिक कार्यक्रम, विभिन्न नाच, अन्य धरै प्ररर्दशनी रहने आयोजनकले बताएको छ ।