चिसो मौसम लागेसँगै तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पर्यटकको भिड लाग्न थालेको छ । तनहुँ सदरमुकम दमौली बजारलाई कुहिराले ढाकेको र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटकको भिड लाग्ने गरेको हो । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाटिन्छ र दमौली बजार छर्लङ्ग देखिन्छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास ५ की वडा सदस्य केसरी थापा बताउछिन्। मानुङकोटबाट माछापुच्छ्रे , धवलागिरि, अन्नपूर्ण, , लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मानुङकोटबाट सूर्योदय ,कुहिरो, र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ रहेको छ । आन्तरिक पर्यटकले भरि भराउ भएको छ होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले बताएका छन् । शनिबार तथा बिदाको दिनमा घुम्न आउने ,फोटो खिच्ने र टिकटक बनाउनेको बढि भिड हुने गरेको दाहालले बताए । मानुङकोटमा दैनिक २सय भन्दा बढि पर्यटकहरु आवलोकनका लागि आउने गरेका छन् ।