तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिकाका दुई वडामा पर्ने गाउँलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर १ को गिरौनचौर र वडा नम्बर ६ को हिलेखर्कलाई नमूना पर्यटकीय गाउँ बनाउन लागिएको हो ।सका लागि गाउँपालिकाले दुवै वडामा रु ३०/३० लाख बजेट विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उक्त क्षेत्रमा रहेका घरबासलाई व्यवस्थित गरी घुमाउने घरको संरक्षण एवं संवद्र्धन गरी पर्यटकलाई थप आकर्षण गर्ने लक्ष्य राखिएको छ ।

 पृथ्वीराजमार्ग खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमर्जेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब २० रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्न लागेको हो ।राजमार्गसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकाले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारणा अघि बढाएको हो । गाउँपालिकाको वडा नं २ र ४ को सिमानमा पर्ने ऐना पहरामा ऐनापार्क बनाउन लागेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।