तनहुँका सिडियो, पत्रकार देखि स्थानिए पर्यटक साहसि खेल जिपलाइमा रमाउदै आएका छन् । तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १० को परेवाडाँडामा रहेको साहसिक खेल जिपलाइन जिल्लामै पहिलो पटक संचालनमा आएपछि तनहुँका सिडियो, पत्रकार देखि स्थानिए पर्यटक खेलमा रमाउदै आएका हुन् ।
शनिबार जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, तनहुँका पत्रकार मदन वाग्ले, सन्त बहादुर नेपाली, सिला वाग्ले लगाएतका पर्यटकहरु साहसिक खेल जिपलाइन चढ्न परेवाडाँडामा पुगेका थिए ।
जिपलाइन चढेपछि तनहुँका प्रमुख जिल्ला अधिकारी अर्यालले पर्यटन प्रबद्र्धनको ढोका खुलेको बताएका छन् । उनले खेल सुरक्षित र रमणिय रहेको र साहसिक खेलले जिल्लामा पर्यटनको ढोका खुलेको अनुभुति गरेको बताएका छन् ।
तेस्तै तनहुँका पत्रकार मदन वाग्लेले र सन्तबहादुर नेपालीले सोहि दिन पहिलो पटक उक्त खेलको अनुभव लिएका थिए । जीपलाईनाको अनुभब गर्न तनहुँ , लम्जुङ्ग र गोर्खाबाट आएका पर्यटकहरुको घुईचो लागेको थियो ।
केहि पर्यटकहरुले सुरुमा डरको अनुभुति गरेपनी जीपलाइन चडीसकेपछी डर नभएको र रमाइलो अनुभुती भएको बताए ।
भारत दिल्लीको द एड्भेन्चर प्लान्टले रु.एक करोड दश लाखमा ठेक्का सम्झौता गरी निर्माण गरेको जिपलाइन तनहुँ क्षेत्र नं.१ को परेवाडाँडा र क्षेत्र नं. २ को चिन्टुटार ४० सेकेण्डमा पार गर्न सकिने संचालक बिवेक सापकोटोले जानकारी दिए ।
५ सय मिटर लामो जिपलाइन यहि कात्तिक ३ गतेदेखि संचालनमा ल्याइएको थियो ।