तिहारको रौनक लागेसँग दमौलीको ग्रिनसिटी टोल झिलीमिली भएको छ । डांग्रेखोल्सीको नामबाट चिनिने ग्रिनसिटी टोल झिलीमिली पारिएको हो । रु २ लाख ५० हजार लगानीमा झिलीमिली गरिएको टोलका अध्यक्ष सुरेश वाग्लेले बताउनुभयो । व्यास नगरपालिका भित्रका २ सय ४२ वटा टोलको रुपमा पुरस्कृत भइसकेको ग्रिनसिटी टोलमा यतिबेला रंगिविरगीं लाइटले झिलीमिली बनाइएको वाग्लेले बताउनुभयो । अहिलेको समयमा युवा युवतीले फोटो खिच्ने र टिकटक बनाउने भएकाले समय अनुसार मनोरञ्जनका लागि पनि गरिएको उहाँले बताउनुभयो ।