यही आइताबार फागुपुर्णिमा पर्वको अवसरमा तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईले होली विशेष कार्यक्रम गर्ने भएको छ । इकाईले व्यास ३ अनशन चौतारिमा होली विशेष कार्यक्रम गर्न लागेको हो। सो कार्यक्रममा घैंटो फुटाउने प्रतियोगिता , डोरि तान्ने प्रतियोगिता , लोक दोहोरि , जुम्बा डान्स लगायत होली हंगामा कार्यक्रम राखिएको दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले बताउनुभयो । उक्त कार्यक्रमा सहभागी हुन मल्लले सम्पुर्ण नगरवासीलाई अनुरोध गर्नुभएको छ
