दुई दिने मगर माघे संक्रान्ति मेला तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।मंगलबार दमाैलीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जनाकारी दिएकाे हाे । नेपाल मगरसंघ व्यास नगर समितिको आयोजनामा यही पुस २९ र माघ १ गते अन्सन चाैतारीमा माघे संक्रान्ति मेला हुने नेपाल मगरसंघ व्यास नगर अध्यक्ष रिमा आलेले जनाकारी दिनुभयाे । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुकाे प्रस्तुतिका साथै माघ १ गते बेलुका टिकटमा स्टार पारस जंग ठकुरीकाे कन्सर्ट हुने लाेकदाेहाेरी प्रतिष्ठन तनहुँका सचिव अनुराग थापाले बताउनुभयाे । थापाका अनुसार ” कन्सर्ट टिकट शुल्क एक जनाकाे ३०० र दुई जनाकाे ५०० रहेकाे छ ” । कार्यक्रमकाे लागि ९ लाख खर्च हुने अनुमान गरेकाे नेपाल मगर सघका केन्द्रीय सदस्य नन्दबहादुर थापा मगर बताउनुभयाे ।कार्यक्रममा मगर भेषभूषामा सामुहिक १५ सय जनाले कौह्रा नाच नाच्ने वरिष्ट सल्लाहकार याम बहादुर आलेले बताउनुभयाे । लाेप हुँदै गएकाे कला संस्कृति प्रबन्धन गर्ने उदेश्य ले दुई दिने मेला गरेकाे निर्वाचन समितिका केन्द्रीय संयोजक सिद्धान्त गर्ज मगर जनकारी दिनुभयाे ।