असोज २४ गते देखि कार्तिक ३ गते सम्म दोस्रो पाटन महोत्सव सुरु भएको छ । महोत्सवमा सातौं दिन मंगलबार एलिजा चौहानको प्रस्तुति रहने महोत्सव मुल समारोह समितिका संयोजक एवम् पाटन युवा क्लवका अध्यक्ष अमर थापाले बताउनुभयो ।महोत्सवको छैटौं दिन सोमवार चर्चित गायक कर्णराज गिरीको बेजोड प्रस्तुति रहेको थियो । सोमवार लोकदोहोरि प्रतिष्ठान तनहुँका कलाकारहरू सीता विसी र कमल थापाको प्रस्तुतिले दर्शकलाई छम्मछमि नाचेका थिए । उक्त महोत्सव स्थल भित्र खुल्ला भलिबल प्रतियोगिता समेत आयोजना गरेको र प्रतियोगितामा प्रथम तथा द्भितिय हुने टिमलाई क्रमश ५० हजार र ३० हजार पुरस्कार रहेको छ । साथै महोत्सवको प्रवेश सुल्क ७० र १०० राखिएको छ भने जेष्ठ नागरिक तथा बौद्धिक अपांगता भएको हरूलाइ निशुल्क र बिद्यार्थी कार्ड भएकाहरुलाई ५० रूपया तोकिएको छ । उक्त महोत्सवमा पन्ध्र हजार दर्शकले अवलोकन गर्ने र तीस लाखको आर्थिक कारोबार हुने लक्ष्य रहेको क्लबले जनाएको छ ।