तनहुँ सेवा समाज यूएईकाे हरितालिका तीज तथा ५औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ । तनहुँ सेवा समाज यूएईले वृद्ध आश्रम सहयोगार्थ तीज विषय कार्यक्रम २०२३ सेप्टेम्बर ३ तारिक आईतबारका दिन दुबईको बरदुबई स्थित क्लब एभरेस्टमा भव्यताका साथ सम्पन्न गरेको हाे । महिलाहरुको महान पर्व हरितालिका तीज तथा संस्थाको ५ औं वार्षिक उत्सव पारेर संस्थाले नेपाल देखि राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायिका सम्झना भण्डारी, अस्मिता डल्लाकोटी ,लोक दोहोरी गायक वसन्त विश्वकर्मा र गजलकार एब गायक राज सिग्देल लाई आमन्त्रित गरी तीज बिशेष कार्यक्रम भव्यताका साथ मनाएको हो ।
तनहुँ सेवा समाज यूएई का अध्यक्ष शुदिप कार्कीकाे सभापतित्व मा सम्पन्न भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक श्री दिपक खड्का प्रमुख अथिति रहुनुभएको थियो ।
बरिस्ठ अतिथिमा नेपाल एसोसिएसन -एनआरएनए एनसिसि युएईका अध्यक्ष श्री विकास शाही रहनु भएको थियो। त्यस्तै बिशेष अतिथिहरुमा नेपाली समाज युएईका उपाध्यक्ष रमेश खनाल , गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपुर्ब उपसम्योजक राजु केसी, नेपाली जनप्रगतिशिल मन्च युएईका अध्यक्ष बाबुराम बिस्वकर्मा, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानि प्रसाद तिमिल्सिना, प्रबासि नेपाली मञ्च युएईका अध्यक्ष एब समाजका सल्लाहकार टक गुरुङ, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य खेमराज बस्नेत , नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बु, INAS शाखा युएईका अध्यक्षका एम डी बोहरा, बिजनेस काउन्सील युएईका कोषाध्यक्ष एब नमस्ते ट्राभल्सका संचालक एकेन्द्र थापा लागायत युएईमा कृयासिल अग्रज ब्याक्तित्व हरुको सहभागी रहेको थियो।
कार्यक्रमकाे शुभारम्ब पानसमा बत्ती बालेर गरिएको थियाे भने कार्यक्रममा युएईको र नेपाल को राष्ट्रिय गान बजाई औपचारिक कार्यक्रम संचालन गरिएकाे थियाे ।
समाजको वार्षिक उत्सबको अबसरमा केक काटि शुभकामना आदान प्रदन गर्ने कार्यक्रम समेत राखिएकाे थियो।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीमती कल्पना रिमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक राजु तिमल्सिनाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसै गरि शुभकामना मन्तव्य क्रमश: बिजनेस काउन्सेलका कोषाध्यक्ष एब नमस्ते ट्राभल्स का संचालक एकेन्द्र थापा , नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बु, प्रबासि नेपाली मञ्च युएईका अध्यक्ष एब समाजका सल्लाहकार टक गुरुङ, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानि प्रसाद तिमिल्सिना, नेपाली जनप्रगतिशिल मन्च युएई अध्यक्ष बाबुराम बिस्वकर्मा, नेपाली समाज युएईका उपाध्यक्ष रमेश खनाल, नेपाली समाज युएईका , एनआरएनए एनसिसि युएईका अध्यक्ष विकास शाही लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सास्कृतिक कार्यक्रम लोक गायक तथा उद्घोषक कमल जंग कार्कीले सञ्चालन गर्नु भएको थियो । गजलकार तथा आधुनिक गायक राज सिग्देल, लोक दोहोरी गायिका सम्झना भण्डारी, अस्मिता डल्लाकोटी ,लोक दोहोरी गायक वसन्त विश्वकर्माले आफ्नो प्रस्तुति राख्नु भएको थियो।
करिब ५ सय जना नेपाली दर्शकले गायक गायिकाको प्रस्तुतिमा रमाएका थिए । सोही अवसरमा नारीहरुको महानपर्व हरितालिका तीजको दरका रूपमा सेल रोटी, अचार र खिर समेत खुवाइएको थियो ।
कार्यक्रमको अन्त्यमा अतिथिगण तथा कार्यक्रमकाे प्रायोजक एबं खेलाडीहरुलाई मायाको चिनो तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजक श्री राजु तिमिल्सिना र मुख्य प्रायोजक श्री प्रदिप श्रेष्ठ (राजु) ले गर्नुभएको थियो।
त्यसै गरि प्रायोजन गर्नुहुनेमा क्रमश Cute Looks Beauty Salon, Kosheli Travel & Tourism LLC, MT 8848 Restaurant ,Sayapatri Star and Sayapatri Travel & Tourism, Fishtail Travels & Tourism LLC, Greenline Travel & Tourism LLC , Pradesi Hatemalo Co-operative Society UAE, Western union ,VNJ Global , Nepali Chulo Restaurant , Himal Travel ,Tourism and Natural Beauty salon & Spa, Global IME Bank , IME, Namaste Travel and Tourism , Aim Travels & Tourism ,BBM Investments LLC, GCD HR & Management Consultancy , Sapana Jewllery Unlock your Beauty potential Care plus ladies Salon LLC, Mount Everest Jewelry LLC , Himalyan Global Jewellery LLC,Trusted Key Typing & Documents copying, Ghantoot Restaurant , New mountain Tourism LLC-Sasurali Restaurant ,Manakamana Restaurant, Esewa Money Transfer , Selly Trading LLC Uae, लुमिकट सैलुन, Nepalese Football Association अध्यक्ष मुक्ति गुरुङ, अन्तराष्ट्रिय कलाकार मन्च युएईका उपाध्यक्ष सोनी भण्डारी, नेपाल एसोसिएसन – एनआरएनए एनसिसि युएई, महिला सम्योजक- मन्जु मल्ल, समाजसेवी- Pradeep Paudel लगायत कार्यसमितिका पदाधिकारी रहनुभएकाे थियाे ।
कार्यक्रमलाई विभिन्न प्रकारले सहयोग गरी भवयतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति सुदिप कार्कीले कार्यक्रमको समापन गर्नु भएको थियो ।उक्त कार्यक्रम बाट आएको मुनाफा तनहुँ जिल्लामा अवस्थित जेष्ठनागरिक वृद्ध आश्रम लाई दिईने समाजका उपाध्याक्ष कृस सुनारले जानकारी दिनुभयो ।कार्यक्रमकाे संचालन संस्थाका महासचिब सुरिन भुजेलले गर्नुभएको थियो।