हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा युएईको बरदुबईमा तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएकाे छ ।
हाम्रो तनहुँ हाम्रो सान , सहकार्यकता र सेवाको अभियान भन्ने नाराका साथ तीज विशेष साँस्कृतिक कार्यक्रम बृद्ध आश्रम जस्ता संस्थाका लागि सहयोगार्थ गर्ने उदेश्यले अायाेजना गरेकाे हाे । कार्यक्रम यहि आउदो ३ तरिक सेप्टेम्बर आईतवार मध्यान १ बजे देखि हुँदैछ । कार्यक्रममा लोक गायिका अस्मिता डल्लाकोटी, सम्झना भण्डारी र वसन्त विश्वकर्मा लगायतको प्रस्तुती रहनेछ । कार्यक्रम आयोजनाका लागि राजु तिमिल्सेना र प्रदीप श्रेष्ठ(राजु)ले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेका छन् ।
साँस्कृतिक साँझ मार्फत संकलन भएको रकम तनहुँमा रहेका जेष्ठ नागरिक आश्रममा सहयोग गरिने सांस्थाका उपाध्यक्ष कृस्ष सुनारले जनाकारी दिए । यस अगाडि पनि समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको थियो । खासगरी समाजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको थियो । दुबईमा रहेका तनहुँङगेहरुले जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्यका ५ बर्ष अगाडि समाज स्थापना गरेका थिए ।
