परम्परागत कला, संस्कृति ,औधोगिक व्यापार कृषि ,घरेलु हस्तकला,प्रवर्द्वनको लागि नारा सहित प्रथम भोटि बजार भादगाउँ दमौली संस्कृति एंव पर्यटन महोत्सव हुने भएको छ । दोभान युवा क्लव भादगाउँको आयोजक र सह आयोजक दोभान आमा समूह भादगाउँको आयोजनामा उक्त महोत्सव हुने लागेको हो ।शनिबार क्लवले पत्रकार सम्मेलन गदै यही भाद्र २७ देखि असोज ७ गते सम्म महोत्सव संचालन हुने क्लवका अध्यक्ष नल बहादुर दरैले जनाकारी दिनुभयो । क्लवका अध्यक्षका अनुसार तनहुँ जिल्लाको जैविक ,एतिहासिक,धामिक विविधताको संरक्षण गदै आथिक तथा सामाजिक विकासका लागि उद्योग , व्यापार ,शिक्षा ,स्वास्थ ,कृषि ,पर्यटन एंव सांस्कृतिक उपकरण औजार प्रवद्वनमा टेवा पुयाउने लक्ष्य रहेको बताउनुभयो ।महोत्सवको आदिवासी जनजाति भाषा ,धर्म ,कला र संस्कृतिको माध्यमबाट आन्तरिक एंव बाहय पर्यटन प्रवद्वन गर्नु ,हस्तकला सम्बन्धि सीप व्यवसायको प्रवद्वेन गर्नु ,बजार अनुसन्धान तथा नयाँ वस्तु विकास गर्ने ,शिक्षा तथा पर्यटनको आवश्यकताको पहिचान गरि प्रत्यक्ष सहयोग गर्नुका साथै विभिन्न स्तरका विद्यार्थीहरूलाई सशतिकरण गर्दै प्रतिभा प्रस्फुटन गर्न विशेष भुमिका खेल्न उदेश्य रहेको छ ।महोत्सवमा एक सय पचास स्टल रखिने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । उक्त महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड आथिक कारोबार हुने अपेक्षा गरिएको क्लवका सचिव सुमन बस्नेतले बताउनु भयो । महोत्सवमा मादिसेतीको जलविहार सहित असोज एक गते खुल्ला तिज गित प्रतियोगिता हुने बस्नेतले बताउनु भयो । उक्त प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार ५सय ५५ द्वितीय पुरस्कार ७ हजार ५सय ५५ तृतीय पुरस्कार ३ हजार ५ सय ५५ रहेको छ ।