२९ औँ विश्व आदिवासी जनजाती दिवसका अवसरमा तनहुँका १० वटा पालिका बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सुचना जारी गर्दे यहि श्रावण २४ गते आदिवासी जनजाती दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।व्यास नगरपालिका, म्याग्दे गाँउपालिका , शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका, भिमाद नगरपालिका, धिरिङ्ग गाउँपालिका, रिषिङ्ग गाउँपालिका, बन्दिपुर गाउँपालिका, देबघाट गाउँपालिका,आबुँखैरेनी गाउँपालिका गाउँपालिकाले सार्वजनिक बिदाका अवसरमा गाउँपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, सम्पुर्ण निजि तथा सामुदायिक विद्यालय, स्वास्थ्य संस्था ९अत्यावश्यक सेवाबाहेक० बन्द रहने विज्ञत्तिमा जनाइएको छ ।