व्यासनगरपालिका २ बिपी बनबाटिकामा यही चैत्र १० देखि २० गतेसम्म हुनगईरहेके महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा व्यपारीक प्रयोजन, कृषि, हस्ताकला लगायतका दुई दश वटा स्टल निर्माण गरिएकोमा सबै बुकिङ भैसकेको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।
महोत्सवको मुख्य प्रायोजक जावलाखेल गु्रप अफ इण्ष्ट्रिज प्रा.लि. र सहप्रायोजकमा एनआइसी बैक बैकिङ पार्टनर रहेको छ । महोत्सवमा रमाइलो मेलामा झोला,नाऊ,बच्चाको निकेमाउस लगायतका रमाइलो मेलाका आर्कषण साभाग्रीहरु दमौली ल्याइसकिएको छ ।
तनहुँको पुर्वी नाका आँबुखैरेनी र पश्चिम नाका कोत्रेमा स्वागत गेट निर्माण गरिएको छ । त्यसैगरी सफासडक चोकमा पनि मुख्य स्वागत गेट निर्माण गरिएको छ । दमौलीको सफासडक लाइन,न्युरोड टोल,मालपोत लाइनमा रङरोगनका साथै ध्वजापतका टाँगेर आर्कषक बनाइनुका साथै महोत्सवस्थलमा आर्कषक बनाइएको छ । स्टल निर्माण र स्टेज निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको तनहुँ उद्योग वाणिज्य संघ एवं महोत्सव मुल समारोह संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।