श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको आयोजनमा भोलीबाट १५ गते सम्म शक्लागण्डकी २ ,गाछेपानीमा “शिव महिमा बोल बम धार्मिक महोत्सव सुरु हुने भएको छ । आईताबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारे जनाकारी गराईएको थियो । महोत्सवको ख्याती प्रात्त भागवत मञ्जरी राधिका दाशीजीको प्रमुख वाचन र उपवाचक शास्त्र गणेश खतिवडा रहने श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो । महोत्सवको मुख्य उद्देश्य धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने १०८ धारामा विभिन्न आकृति जडान गर्ने हनुमान ,शनि देवता , ब्रम्हा भगवानको मुर्ति , गौरी घाट ,शवदहन गृह लगायतका भौत्तिक संरचना निर्माण गर्ने । च्यवन गुम्बामा गुरु लामाहरुको आवास र भोजन तयार एंव ग्रहणको लागि आवास गृह र सामुहिक भोजन गृह निर्माण गर्ने । सन्ध्याकालिन तथा गंगा आरतीको व्यवस्था गरी यहाँ अवस्थित देवी देवताहरुको थप शक्ति श्रृजना गर्नुका साथै करता भक्तजनको आत्मबल बढाउने । लापोन्मुख स्थानिय जातका गाईको संरक्षण गर्ने अभिप्रायले धामले शुक्लागण्डकी नगरपालिकाबाट व्यवस्थापनको जिम्मा लिएको शुक्लागण्डकी ९ मरेतारास्थित गौ संरक्षण केन्द्रमा गाईलाई बासको लागि प्रयाप्त गोठ , कम्पोष्ट पिट , गोधन अर्क (गँहुत) संकलन पिट , पशु चारा भण्डारण गृह , हरियो घाँसको लागि घाँसे चौरको व्यवस्थापन र सिञ्चाईको पर्याप्त व्यवस्थापन , पशु चौपाय स्वास्थ्योपचार लगाएका काम गर्नको लागि दान संकलन गर्ने लम्सालले जनाकारी दिनुभयो । महोत्सवमा कुल प्रक्षेपित खर्च रु २३ लाख ५० हजार छ भने अम्दानी १ करोड रहेको मुल समारोह संमितिका संयोजक विमल प्रसाद रिमालले बताउनुभयो । महोत्सवको लागि ३६ उपसमिति गठन भएको छ । उक्त महोत्सवमा शाभा यात्रा , दैनिक हवान ,रुद्री ,पाठ परायण ,सहित संगितमय कथा प्रवचन , पितृ संकल्प, ग्रहशान्ती , तुलादान लगाएतका विभिन्न प्रकारले भक्तजनको सेवा गरिने धामका उपाध्यक्ष अीस्मता खनालले जनाकारी दिनुभयो । श्रावण ८ गते सुरु हुने महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समुद्घाटन गर्ने आयोजकले जनाएको छ । धामले २०६७ साल देखि प्रत्येक वर्ष श्रावणमा महिनामा शिव महिमा बोल बम धार्मिक महोत्सव गदै आएको छ ।
