राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको नयाँ नेतृत्वमा विश्व बुढा परियार निर्वार्चित बन्नु भएको छ । आइतबार भएको निर्वाचनमा परियारले उहाँका प्रतिद्धन्दी शुभद्रा श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा बिजयी हासिल गर्नु भएको हो । कूल ३ सय १८ मतदाता रहेकोमा परियारले दुई सय १३ मत प्राप्त गरी परियार विजयी भएको निर्वाचन संयोजक केशव भट्टराईले जानकारी दिनुभयो । उहाँका प्रत्यासी शुभद्रा श्रेष्ठले ८९ मत पाउनुभएको थियो । अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । प्रथम उपाध्यक्षमा अनुराग थापा मगर,द्वितीय उपाध्यक्षमा दीपक राई,महिला उपाध्यक्षमा सावित्रा हड्खले,सचिवमा सूर्यप्रसाद छिमाल,कोषाध्यक्षमा अमृतबहादुर गन्धर्व,सहसचिवमा रामचन्द्र गौली,सह–कोषाध्यक्षमा थम माया विक सर्वसम्वत चयन भएका छन् ।
त्यसैगरी सदस्यमा केशव अजिडगर, बिमला दरै, आशा दरै, अतिना विक, कमल आले, मनु थापा मगर, जस्मोती गुरुङ, बुद्धि बहादुर पराजुली ९विष्णु०, अश्मी गुरुङ, शोभा थापा, ईश्वर परियार र देउ माया विक चयन भएका छन् ।